‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार « Khabarhub

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ ।

विद्यालयबाट चार जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थी तेजस्वी पन्तलाई गैँडाकोट नगरपालिका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइराला तथा विद्यालयका प्रधानाध्यापक हीरालाल अर्यालले रु एक लाख नगदसहित सम्मान गरेका हुन् ।

आज भएको नगद पुरस्कार हस्तान्तरण तथा सम्मान कार्यक्रममा नगर शिक्षा अधिकारी कोइरालाले विद्यालय तहको पाठ्यक्रमले धेरै जिपिए ल्याउन मद्दत गरेको भए पनि नम्रता, अनुशासन र सामाजिक मूल्य र मान्यतामा विद्यार्थी कमजोर रहेको बताए ।

जिपिए मात्रै सबै कुरा नभएको भन्दै आचार्यले गुणस्तरीय शिक्षा प्राप्त गर्ने प्रक्रियामा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले जोड दिनुपर्ने बताए । अहिले विद्यार्थीहरू शिक्षामा अब्बल हुँदै गएको भए पनि नैतिकता, सदाचारी, अनुशासित विद्यार्थी उत्पादन हुन नसकेको आचार्यले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्यालले विद्यालयको पछिल्लो पाँचवर्षे शैक्षिक गतिविधिको समीक्षा गर्दै विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए । उनले यस विद्यालय आफ्नो विद्यालयबाट एसइई उत्तीर्ण विद्यार्थीका औषत जिपिए ३ दशमलव ४५ रहेको भन्दै सबैभन्दा बढी औषत जिपिए अङ्ग्रेजीमा ३ दशमलव ८० रहेको जानकारी दिए ।

विद्यार्थीले उच्च जिपिएसहित एसइई उत्तीर्ण रहेको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिन सक्नुपर्नेमा प्रधानाध्यापक अर्यालले जोड दिए । उक्त कार्यक्रममा जिपिए चार ल्याउने विद्यार्थी तेजस्वी पन्तले आफ्नो नियमित पढाइसँगै शिक्षक र अभिभावकको सहकार्यले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । अध्ययनका क्रममा पाठ घोकेरभन्दा पनि विषयवस्तुलाई राम्रोसँग बुझेर पढ्न सकेमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने पन्तले बताए ।

गएको आइतबार सार्वजनिक भएको २०८२ को एसइईको नतिजाअनुसार जिल्लाबाट १९ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरेका छन् । प्राविधिकसहित सामुदायिक र संस्थागत गरी जिल्लाका १४३ विद्यालयबाट पाँच हजार ६९७ विद्यार्थी एसइईमा सहभागी भएमा चार हजार १३० जना उत्तीर्ण भएका छन् । जिल्लाबाट ७२ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ८ : ४६ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा