आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य « Khabarhub

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २४८ रनको विशाल लक्ष्य दिएको छ । ईडेन गार्डेन्स मैदानमा भएको खेलमा गुजरात टाइटन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको कोलकाताका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै ठूलो स्कोर खडा गरे । टोलीका लागि फिन एडनले ३५ बलमा ९३ रनको विस्फोटक इनिङ खेले । उनको पारीमा ४ चौका र १० छक्का समावेश थिए ।

त्यसैगरी अंगकृष रघुवंशीले नटआउट ८२ रनको शानदार योगदान दिए। उनले ४४ बल खेल्दै ४ चौका र ७ छक्का प्रहार गरे ।

अन्तिम ओभरहरूमा क्यामरन ग्रीनले पनि आक्रामक ब्याटिङ गर्दै २८ बलमा नटआउट ५२ रन बनाए । उनको पारीमा ३ चौका र ४ छक्का समावेश रहे । कोलकाताका कप्तान अजिंक्य रहाणे १४ रन बनाएर आउट भए ।

गुजरात टाइटन्सतर्फ मोहम्मद सिराज र साई किशोरले १–१ विकेट लिए। तर अन्य बलरहरू महँगो सावित भए । विशेषगरी राशिद खानले ४ ओभरमा ५७ रन खर्चिए भने अरशद खानको एक मात्र ओभरमा २२ रन गएको थियो ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ९ : ३९ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा