आज २०८३ साल असार २ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २ गते मंगलबारको राशिफल


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २ गते मंगलबार । सन् २०२६ जुन १६ तारिख। जेठ शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीया तिथि । अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंको दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। राजनीतिमा भने घेराबन्दी हुने भएकाले सचेत बन्नुपर्नेछ। बोल्नु भन्दा थप मिहिनेत गर्नुपर्ने छ ।

वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। साथीको साथमा गरेको काम सफल बन्नेछ। मिहिनेतको फल मिल्नेछ ।

मिथुन : आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। दाजुभाइसँगको सहकार्य भए व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। स्वदेशमा व्यापारको विकल्प देखेर मन खुशी बन्नेछ।

कर्कट : दिन सामान्य छ। लगानीका क्षेत्र सबल भए पनि विरोधी सक्रिय भएकाले व्यावहार गर्दा सचेत बन्नुपर्नेछ। सोचेका काममा अवरोध सिर्जना हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको साथ लिएर अगाडि बढेको खण्डमा दिन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। मिहिनेत गरेको क्षेत्रबाट आम्दानी हुनेछ। राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारमा नाफा हुनेछ ।

कन्या : ठुला व्यक्तिको आर्शिवाद लिएर कामको सुरुवात गर्नुपर्नेछ। शिक्षाका क्षेत्रमा गरेको अध्ययनले खुशी मिल्नेछ। परिवारमा घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।  व्यापारमा थप मिहिनेत गर्नु उचित हुनेछ ।

तुला : दिन राम्रो छ। कामको बोझ बढ्दै जानेछन्। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। मन शान्त बन्नेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक : मन प्रशन्न बन्नेछ। योजना सफल बन्नेछन्। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

धनु : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। समाजमा इज्जत बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग घुम्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ।

मकर : दिन सामान्य छ। विरोधीसँग जोगिएर काम गर्नु उचित हुनेछ । तपाईंले गरेको कामको जस अरुले नै लिने जोखिम छ। मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा योजना अगाडि नबढाउनु राम्रो हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारसँग सल्लाह गरेर अगाडि बढेमा सफलता मिल्नेछ। बोल्दा तीन पटक सोच्नु उचित हुन्छ । काम गर्दा धैर्य बन्नुपर्ने समय छ ।

मीन : मन अशान्त बन्ने जोखिम छ।  तपाईंले गरेको कामको आलोचना हुने जोखिम छ । राजनीतिक क्षेत्रमा घेराबन्दी हुनसक्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। साथीसँग जोगिएर काम गर्नुपर्ने समय छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ५ : १३ बजे

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को