राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै « Khabarhub

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना बन्द भएको छ । आइतबार साँझदेखि खाना बन्द भएको भन्दै त्यहाँ बसेका सुकुमवासीले सोमबार बिहान आन्दोलन नै गरे । सोमबार चिउरा खाएर तीन कटाएका विस्थापितले मंगलबार बिहानसमेत खाना नपाएको गुनासो गरेका छन् ।

होल्डिङ सेन्टरबाट खबरहबमा फोन गर्दै उनीहरुले गुनासो गरेका हुन् । ‘अस्तिको दिन साँझ ६ बजेदेखि खाना बन्द भएको आज बिहानसम्म पनि आएको छैन’, होल्डिङ सेन्टरका एक आश्रृतले फोनमा भनिन् ।

सरकारलाई जवाफदेही बनाउन स्थानीयको सहयोग नमागेको उनीहरुको भनाइ छ । सोमबार बालबालिकालाई चिउरा र दही दिएको थियो भने ठुलालाई चिउरा र दालमोट दिएको थियो ।

सरकारले उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती भत्काइदिएपछि स्थायी बसोवासको आशमा झण्डै दुई महिनादेखि ६५ परिवारका २ सय ७७ जना आश्रित यही आश्रमको ट्रसमा अस्थायी टेन्ट टाँगेर बसिरहेका छन् । मिठो नमिठो जेजस्तो भएपनि बिहान बेलुका खाना खान पाइरहेका थिए । आइतबार साँझपछि होल्डिङ सेन्टरमा न त चुह्लो बल्यो, न त कसैले खानाको पोको नै बोकेर ल्याइदियो ।

‘हामी भोकै बस्यौँ, बालबच्चालाई दहीचिउरा खुवायौँ’

कहिले राधास्वामी सत्संगको प्याकिङ खाना त कहिले काठमाडौँ महानगरपालिकाले मेस सञ्चालन गरेर दिने गरेको खानाको भरमा दिन काटिरहेका यी आश्रितले सोमबार दिनभर खाना पाएनन् । खानै नपाएपछि बिहान विद्यालय जाने तयारीमा रहेका बालबालिकाको पढाइ छुट्यो । बिरामीले औषधि खानेबेलासम्म पनि खाना खान नपाएपछि अन्ततः उनीहरू आन्दोलनमा उत्रिन बाध्य भए । मंगलबार पनि हिजोको जस्तै स्थिति रहेको उनीहरुको भनाइ छ ।

यता, काठमाडौँ महानगरपालिकाले भने यसलाई ‘सिस्टम चेन्ज’ हुँदाको सामान्य ढिलाइ मात्र भएको दाबी गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले हिजोसम्म बिहान, दिउँसो र बेलुका नियमित खाना खुवाइरहेको दाबी गरे । ५–६ घण्टाको व्यवस्थापनमा केही समस्या आएको उनको दाबी छ ।

महानगरले उनीहरू त्यहाँ बसुञ्जेल रेखदेख गर्ने जिम्मा आफ्नै भएको र स्थायी बसोबास नभएसम्म हेर्ने बताएको छ । यद्यपि त्यसपछिको सम्पूर्ण जिम्मा केन्द्र सरकारको हुने महानगरको भनाइ छ ।

राधास्वामी भन्छ– हामीलाई थाहै छैन

राधास्वामी सत्संगले खानाको जिम्मा लिएको महानगरले दाबी गरिरहँदा सत्संग आश्रमको जवाफ भने बिल्कुल फरक छ ।

आश्रमका एक कर्मचारीले भने, ‘महानगरले खाना खुवाउन सुरु गर्नुभन्दा पहिले सुरुका केही दिन हामीले आफ्नै तर्फबाट खाना खुवाएका हौँ । तर, जब महानगरले यो सबै जिम्मेवारी आफ्नो हातमा लियो, त्यसपछि हामीले केही पनि गरेका छैनौँ । आजको विषयमा हामीलाई कुनै जानकारी नै छैन ।’

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १० : २३ बजे

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान

बाढी प्रभावितका लागि इप्पानले पाँच करोड सहयोग गर्ने

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप

बाढी प्रभावितलाई बागलुङका पालिकाको २१ लाख ७० हजार सहयोग

बागलुङ– भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा