चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’ « Khabarhub

चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियानमा एमाले, ओलीले भने, ‘कामको प्रचारमा चुक्दा सबैभन्दा ठूलो धक्का खायौँ’


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ को निर्वाचनबाट प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको नेकपा (एमाले) ले समीक्षा तथा पार्टी पुनर्गठन अभियान अघि बढाएको छ।

एमालेले चुनावी समीक्षा र सुझाव संकलन अभियानलाई अघि बढाएको हो । एमालेले मंगलबार कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम विराटनगरमा राखेको छ।

पार्टीले संगठनात्मक पुनर्संरचना, कार्यशैली सुधार तथा निर्वाचन परिणामको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

कार्यक्रममा कार्यदलका संयोजक उपाध्यक्ष थापासहित उपाध्यक्षद्वय विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेललगायत नेता सहभागी छन्। उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने भौतिक रुपमा सहभागी छैनन्।

सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ वटै जिल्लाका पदाधिकारी र जनवर्गीय संगठनका प्रतिनिधि सहभागी छन्।

फागुन २१ को निर्वाचनमा नराम्रो धक्का भोगेपछि एमालेमा संगठनात्मक कमजोरी, नेतृत्व शैली, कार्यकर्ता परिचालन र पार्टी संरचनाबारे समीक्षाको माग उठेको छ। यता पार्टी नेतृत्वले सुझाव संकलन अभियानलाई संगठन सुधारको आधार बनाउँदै अघि जाने बताएको छ।

कोशीबाट मंगलबार सुरू भएको कार्यक्रमलाई अध्यक्ष ओ‌लीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्। ओलीले निर्वाचनमा सबैभन्दा बढी धक्का एमालेले नै व्यहोरेको स्वीकारेका छन् ।

उनले आफ्नो नेतृत्वको सरकारले विकास र सुशासनका क्षेत्रमा काम गरे पनि त्यसको प्रभावकारी प्रचार गर्न नसकिएको बताएका छन् ।

‘हाम्राविरुद्ध भएको प्रचारको प्रतिवाद गर्न सकेनौँ। सत्य कामको प्रचार गर्न सकेनौँ, असत्यको प्रतिवाद पनि गर्न सकेनौँ, त्यहीकारण निर्वाचनमा धक्का व्यहोर्‍यौँ’, ओलीले भने।

पार्टीको जनशक्तिलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसकिएको स्वीकार्दै उनले आफ्नो सरकारले गरेकाभ कामबारे जनतालाई पर्याप्त जानकारी दिन नसक्दा विरोधीहरूले भ्रम फैल्याएर जनमत तानेको बताए ।

ओलीले २०८२ भदौ २४ गतेको घटनालाई योजनाबद्ध भन्दै त्यसको बलमा एमाले र पार्टी नेतृत्वलाई बदनाम गर्ने काम भएको पनि टिप्पणी गरे ।

उनले संविधान निर्माणदेखि नै विभिन्न अवरोधबीच पार्टी अघि बढेको सुनाए । दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाएको बताएका ओलीले सामाजिक क्षेत्रको विकासमा ठूलो भूमिका खेलेको पनि बताए ।

एमालेले तलबाट आएका सुझावका आधारमा संगठनात्मक संरचना, कार्यपद्धति र नेतृत्व विकासका क्षेत्रमा आवश्यक सुधार गर्ने जनाएको छ।

आगामी महाधिवेशन तथा स्थानीय र प्रदेश तह निर्वाचनलाई लक्षित गरी पार्टीलाई थप प्रभावकारी, गतिशील र जनमुखी बनाउने तयारी भएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ०७ बजे

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा

युद्ध अन्त्य नै प्रमुख सर्त : इरान

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित

मौका नदिई खेलाडी छनोट गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं– एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा