भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल « Khabarhub

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको छ। नदीमा बाढीको ठूलो आवाज सुनिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाले पूर्वसूचना जारी गरेपछि बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

महाशाखाका अनुसार रसुवा, नुवाकोट र धादिङ भएर बहने भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई हाललाई सुरक्षित र सजग रहन आग्रह गरेको छ।

बिहान ४:३१ बजे प्राप्त सूचनाका आधारमा महाशाखाले नदी किनारका स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न र सतर्कता अपनाउन सूचित गरेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाले परिस्थिति निगरानी गरिरहेको र घटनाबारे थप पुष्टि हुनासाथ विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले नदीको जलसतह लगातार अनुगमन गरिरहेका छन्। यसअघि भद्र १० गतेको बाढीले ठुलो र अकल्पनीय क्षति गरिसेकेको छ ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ५ : ३८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष