इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन् « Khabarhub

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा परेका छन् ।

उनी आवद्ध रिपब्लिकन पार्टीका नेताहरूले नै यो सम्झौतालाई अझै पूर्ण समर्थन गरेका छैनन्। उनीहरूले समझौताको पूरा दस्तावेज र सबै शर्तहरू अध्ययन गरेर मात्रै आफ्नो धारणा स्पष्ट गर्ने बताएका छन्।

समाचार वेबसाइट सिमाफोरका अनुसार, पार्टीका शीर्ष नेताहरूले सम्झौताका सबै विवरण सार्वजनिक नभएसम्म समर्थन वा विरोध गर्नु हतार हुने बताएका छन्।

उनीहरू मुख्य रूपमा यस सम्झौताबाट अमेरिकालाई के फाइदा हुन्छ, इरानलाई कस्ता सहुलियतहरू दिइन्छ ? यसको दीर्घकालीन राजनीतिक तथा सुरक्षा प्रभाव के पर्छ भन्ने हेर्न चाहन्छन् ।

ट्रम्प प्रशासनभित्रै मतभेद

एक्सियोसको रिपोर्ट अनुसार, ट्रम्प सरकारभित्रै यो समझौतेलाई लिएर मतभेद देखिएको छ। सीआईए प्रमुख जोन र्‍याक्टक्लिफले इरानले सबै वाचा पूरा गर्छ कि गर्दैन भन्नेमा शंका व्यक्त गरेका छन्।

विदेशमन्त्री मार्को रुबियोले पनि इरानले आफ्नो परमाणु कार्यक्रममा अमेरिकाले अपेक्षा गरेको कदम चाल्न तयार नभएको बताएका छन् ।

रक्षामन्त्री पिट हेगसेथले पनि समझौतेप्रति चिन्ता व्यक्त गरेका छन् । यसको विपरीत, उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ भिटकफ र जेरेड कुशनर भने समझौतालाई अगाडि बढाउने पक्षमा छन्।

ट्रम्पको घोषणाले चकित

वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार, ट्रम्पले यो समझौताको घोषणा अचानक ट्रुथ सोसलमा गरेका थिए। आइतबार साँझ स्थानीय समयअनुसार ५ बजेपछि व्हाइट हाउसमा डिजिटल हस्ताक्षर गरेको बताइएको छ।

रिपोर्टमा ट्रम्पले यो दस्तावेजमा हस्ताक्षर गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरिरहेका पनि खुलाइएको छ। यस अचानकको घोषणाले ट्रम्पका केही सहयोगीहरूलाई समेत आश्चर्यमा पारेको थियो।

ट्रम्पले पश्चिम एसियामा युद्ध समाप्त गर्न इरानसँग गरेको यो प्रारम्भिक समझौता अझै विवादास्पद बनेको छ। रिपब्लिकन पार्टीभित्र पूर्ण सहमति नभएसम्म यसको भविष्य अन्योलमै रहेको देखिन्छ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ३ : ४४ बजे

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी

संविधान संशोधनमा दलित अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– स्वतन्त्र दलित नागरिक समाज नेपालले संविधान संशोधन प्रक्रियामा दलित

‘लगानीकर्ताको लगानीको स्रोतहरू खोज्न थाल्यो भने बजार धराशायी हुन्छ’

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत रूपमा ओरालो लागेको