घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन « Khabarhub

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व संकलन गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० संकलन गरेको छ ।

यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ संकलन गरेको छ ।

विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार, टोखाले रु १० करोड ९९ लाख २३ हजार, चाबहिलले रु ३१ करोड ४२ लाख १९ हजार बराबरको राजस्व संकलन गरेको छ ।  

विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व संकलन गरेका थिए ।

यस्तै,  गत चैतमा कुल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व संकलन गरेका थिए । त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ र गत माघमा भने रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ५ : २८ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने