नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित « Khabarhub

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय समारोहमा प्रतिष्ठित सम्मान प्राप्त गरेका छन्। आयुर्वेदिक उपचार क्षेत्रमा सक्रिय पूर्णायु आयुर्वेद हस्पिटल र दन्त स्वास्थ्य सेवामा अग्रणी चिरायु डेन्टकेयर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन्।

बंगलादेशको राजधानी ढाकामा आयोजित ‘तेस्रो ग्लोबल एक्सिलेन्स अनर २०२६’ कार्यक्रममा पूर्णायु आयुर्वेद हस्पिटललाई ‘ग्लोबल एक्सिलेन्स हेल्थकेयर एन्ड आयुर्वेदिक लिडरसिप अवार्ड’ तथा चिरायु डेन्टकेयरलाई ‘ग्लोबल एक्सिलेन्स बेस्ट डेन्टल अवार्ड’ प्रदान गरिएको हो।

पूर्णायु आयुर्वेद हस्पिटलका प्रबन्ध निर्देशक पर्शुराम चौहान (प्रल्हाद) ले आयुर्वेदिक उपचार, सेवाको गुणस्तर र संस्थाको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको बताए। उनले यस सम्मानले नेपाली आयुर्वेदिक उपचार पद्धतिको विश्वव्यापी पहिचान विस्तार गर्न थप प्रेरणा मिलेको उल्लेख गरे।

त्यस्तै, चिरायु डेन्टकेयरका प्रबन्ध निर्देशक सागर जोशीले आधुनिक प्रविधिको प्रयोग, गुणस्तरीय उपचार सेवा तथा दन्त स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्राप्त भएको बताए।

‘चिरायु डेन्टकेयरले स्थापनाकालदेखि नै विश्वस्तरीय तथा आधुनिक प्रविधिमा आधारित दन्त उपचार सेवा प्रदान गर्दै आएको छ। अनुभवी विशेषज्ञ चिकित्सक र सेवाग्राहीमैत्री उपचार पद्धति नै संस्थाको सफलताको आधार हो,’ जोशीले भने।

उनले उक्त सम्मानलाई चिरायु डेन्टकेयर मात्र नभई समग्र नेपाली दन्त स्वास्थ्य क्षेत्रको उपलब्धिका रूपमा लिएको बताए। उनका अनुसार संस्थाले देशका विभिन्न स्थानमा निःशुल्क दन्त शिविर सञ्चालन गर्नुका साथै मुख तथा दन्त स्वास्थ्यसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ।

जोशीले ग्रामीण तथा सहरी क्षेत्रमा नियमित रूपमा निःशुल्क दन्त शिविर सञ्चालन, मुखको स्वास्थ्य र सरसफाइबारे जनचेतना अभिवृद्धि तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवाको पहुँच नपुगेका समुदायलाई प्राथमिकता दिँदै आएको जानकारी दिए।

उनले संस्थाको यही बहुआयामिक योगदानका कारण अन्तर्राष्ट्रिय निर्णायक मण्डलको ध्यान आकर्षित गर्न सफल भएको उल्लेख गर्दै यो सम्मानले नेपाली दन्त चिकित्सा सेवा दक्षिण एशियाका स्थापित संस्थासँग प्रतिस्पर्धा गर्न सक्षम रहेको पुष्टि गरेको बताए।

अन्तर्राष्ट्रिय सम्मानसँगै पूर्णायु आयुर्वेद हस्पिटल र चिरायु डेन्टकेयरले नेपाली स्वास्थ्य सेवाको पहिचानलाई विश्व मञ्चमा थप स्थापित गर्न सफल भएका छन्।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : ४४ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी