मुस्ताङका होटल-पसलमा अनुगमन « Khabarhub

मुस्ताङका होटल-पसलमा अनुगमन


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन गरिएको छ ।

घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा बजार मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा आज छड्के अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको टोलीले घरपझोङ—३ जोमसोमस्थित पुथाङ एयरपोर्ट बजार क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।
गाउँपालिका उपाध्यक्ष जमुना थकालीको नेतृत्वमा पुथाङ एयरपोर्ट बजार क्षेत्रका २५ भन्दा बढी  होटल तथा किराना र खाद्यान्न पसलहरूमा आकस्मिक छड्के अनुगमन गरिएको गाउँ कार्यपालिका सदस्य भीषण थकालीले जानकारी दिए ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम तथा सबैभन्दा बढी पर्यटकको चहलपहल हुने मुख्य केन्द्र पुथाङ एयरपोर्ट क्षेत्रमा गाउँपालिकाले आकस्मिक छड्के अनुगमन गरिएको हो । पर्यटकीय यामसमेत भएकाले मुस्ताङ आएका पर्यटक तथा सर्वसाधारण नागरिकको स्वास्थ्य रक्षाका लागि बजार अनुगमन गरिएको उपाध्यक्ष थकालीले बताए।

म्याद गुज्रिएका अखाद्य पदार्थ तथा वस्तुले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्ने भएकाले गाउँपालिकाको अगुवाइमा छड्के अनुगमन गरिएको उपाध्यक्ष थकालीको भनाइ छ ।

घरपझोङ गाउँपालिकाले विसं २०८० सालदेखि गाउँपालिकाभित्रका व्यापारिक प्रतिष्ठानहरूमा  सिसाका बोतलमा ‘ब्रान्डिङ’ गरिएको मदिराजन्य बियर बिक्री वितरण गर्न प्रतिबन्ध लगाइसकेको छ ।

गाउँपालिकाको उक्त नियमलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी बजार अनुगमन गरिएको हो । सिसाजन्य बियरका बोतलले दुर्घटना र जोखिम निम्त्याउने र वातावरण स्वच्छतामा समेत प्रतिकूल असर पुर्‍याउने भएकाले गाउँपालिकाले बोतलमा ब्रान्डिङ गरिएका बियर बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै आइरहेको छ । 

गाउँपालिकाद्वारा गरिएको बजार अनुगमनका क्रममा डेढ दर्जन पर्यटक लक्षित होटल र आधा दर्जन बढी किराना, फ्रेस हाउस र खाद्यान्न पसलहरूको अनुगमन गरियो । 

टोलीले व्यवसायीले होटल तथा पसलहमा साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, लगबुक रजिस्ट्रार राखेको-नराखेको तथा खरिद बिल तथा उपभोक्तालाई दिइने बिल, सरसफाइ, मदिराको मूल्य अभिवृद्धि करको प्रमाणपत्र दर्ता तथा नवीकरण गरे-नगरेकोबारे सोधनी गरेको थियो ।

त्यस्तै, स्वदेशी तथा विदेशी र स्थानीय मदिराको पेयपदार्थमा अन्तःशुल्क स्टिकर राखेको वा नराखेको, खाद्य सामग्रीको लेबल चेकजाँच, नापतौल चेकजाँच र व्यवसायले प्यान वा भ्याट बिल प्रयोग गरेको वा नगरेको लगायतको अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका अखाद्य पदार्थलाई बरामद गरी सरोकारवाला निकायको रोहबरमा जोमसोमस्थित कालीगण्डकी नदी किनारामा खाल्डो खनी नष्ट गरिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : ५४ बजे

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने