आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल असार ३२ गते बिहीबारको राशिफल


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६ जुलाई १६ तारिख। असार शुक्ल द्वितीया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । आम्दानीका क्षेत्रमा घाटा हुनसक्ने जोखिम छ । मन शान्त बन्नेछ । रचनात्मक काममा मन जानेछ । तपाईंको कला प्रदर्शन गर्ने दिन छ । सन्तानबाट सुख प्राप्त हुनेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

वृष : दिन ‍‍‍‍ राम्रो छ । तपाईंको बोलीको प्रभाव बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । धन प्राप्त हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । खानपानमा ख्याल नगरे रोगले दु:ख दिने जोखिम छ । लगानीका क्षेत्रमा सचेत बन्नुपर्नेछ ।

मिथुन : दिन राम्रो छ । व्यापारमा लाभ प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । प्रेम सम्बन्धमा भए साथ र सहयोग विशेष बन्ने योग छ । राजनीतिमा भने हात नहालेको ठिक हुने देखिन्छ ।

कर्कट : दिन सामान्य छ । निर्णय लिनुअघि तीन पटक सोच्नु उचित हुन्छ । आफन्तसँगको भेटले मनमा खुसी मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । आम्दानीका स्रोत भेटिनेछन् । व्यापारमा नाफा होला।

सिंह : दिन सामान्य छ । समय तपाईं अनुकुल नभएकाले काम गर्दा सचेत हुनुपर्ने छ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । मन शान्त बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा विवाद बढ्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ ।

कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ । मनमा कुरा गुम्स्याएर राख्नु भन्दा सार्वजनिक गर्नु उचित हुनेछ । यात्रामा खर्च बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । आज शिक्षाको क्षेत्रमा भने फाइदा हुने दिन छ ।

तुला : दिन शुभ रहेको छ । सोचेका काममा गरेको मिहिनेतको फल मिल्ने छ । हरेक काममा उत्साह थपिने छ । व्यापारमा फाइदा होला । आफन्तले हरेक क्षेत्रमा सहयोग गर्ने दिन छ । खानपानमा ख्याल नगर्दा स्वास्थयमा भने समस्या हुने जोखिम छ ।

वृश्चिक : दिन सहज छ । स्वास्थ्यमा सुधार भएकाले मनमा खुशी मिल्नेछ । राज्यका उच्च अधिकारीले तपाईंलाई साथ दिनेछन् । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

धनु : आज यात्रा जाने भए सफल बन्नेछ । काम गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ । व्यापारमा भने घाटा नहुने योग छ । धार्मिक क्षेत्रको भ्रमणका लागि अवसर प्राप्त हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । सानो कुरामा ठुलो झन्झट बढ्नेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : दिन सामान्य छ । स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ । मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ । आकस्मिक रुपमा सञ्चित धन खर्च गर्नुपर्नेछ । पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

मीन : दिन राम्रो छ । शिक्षामा सुधार हुनेछ । मन शान्त रहनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ । विपक्षी साथी शान्त भएकाले सहजै काम बन्नेछ । खर्च बढ्ने भएकाले सचेत हुनुपर्ने छ । संकटमा साथीको साथ मिल्नेछ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ५ : १५ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर