के मेसीले जित्लान् गोल्डेन बुट ? « Khabarhub

के मेसीले जित्लान् गोल्डेन बुट ?


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी विश्वकपमा लियोनेल मेसी कुल २१ गोल गर्दै विश्वकपकै इतिहासमा सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन्। उनले अर्जेन्टिनाका लागि गरेका कुल १२५ गोलमध्ये २१ गोल विश्वकपमा सम्भव भएका हुन्।

रोचक कुरा के छ भने, ती २१ गोलमध्ये १५ गोल उनले ३५ वर्षको उमेर पार गरेपछि गरेका हुन्। जारी प्रतियोगितामा मात्रै उनले ८ गोल गरिसकेका छन्। यसअघि सन् २०२२ को विश्वकपमा उनले ७ गोल गरेका थिए, जुन गोल्डेन बुटको दौडमा किलियन एम्बाप्पेभन्दा मात्र एक गोलले कम थियो।

यस पटक मेसी र एम्बाप्पे ८–८ गोलसहित बराबरीमा छन्। एम्बाप्पेको टोली फ्रान्सले शनिबार तेस्रो स्थानका लागि इङ्गल्यान्डविरुद्ध खेल्दै छ। इङ्गल्यान्डका जुड बेलिङ्घम र ह्यारी केन पनि ६–६ गोलसहित गोल्डेन बुटको दौडमै छन्।

यदि खेलाडीको गोल सङ्ख्या बराबर भएमा ‘टाई–ब्रेकर’ का रूपमा असिस्टलाई आधार मानिनेछ। यस मामिलामा मेसीको ४ असिस्ट छ भने एम्बाप्पेको ३ मात्र छ। मेसी यस विश्वकपमा सर्वाधिक असिस्ट गर्ने खेलाडीसमेत बन्न सक्छन्। उनी फ्रान्सका माइकल ओलिसेभन्दा मात्र एक असिस्टले पछि छन्।

इङ्गल्यान्डका पूर्वगोलकिपर पल रोबिन्सनले भनेका छन्, “उनी वास्तवमै साना जादुगर हुन्। उनले यो पूरा प्रतियोगिताभर जादु देखाइरहेका छन्। उनले गरेका गोल र विपक्षीको डिबक्सभित्र मिलाइदिएका पासहरू हेरे पुग्छ।”

के मेसीको गति ?

बार्सिलोनामा रहँदा २९ वर्षको उमेरमा मेसीले सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको कुरा धेरैले बिर्सिसकेका हुन सक्छन्। सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग र तीन पटक कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि उनले सन्यास घोषणा गरेका थिए। तर, निर्णय फिर्ता लिएयता उनले देशलाई दुई पटक कोपा अमेरिकाको उपाधि दिलाइसकेका छन्।

सन् २०२२ मा पीएसजीमा रहँदा मेसीले कतारमा विश्वकपको ट्रफी उचालेपछि उनको खेल जीवनको अन्तिम अपुरो पाटो पूरा भएको मानिएको थियो। पेले र डिएगो म्याराडोनासँग हुने ‘सर्वकालीन महान् खेलाडी’ को बहसमा मेसीका लागि कतार विश्वकपको उपाधि बलियो प्रमाण बनेको थियो।

सन् २०२२ को फाइनलअघि मेसीले भनेका थिए, “विश्वकपको यात्रा फाइनलमा पुगेर टुङ्ग्याउन पाउँदा म निकै खुसी छु। यसरी अन्त्य गर्न पाउनु निकै सुखद हो। अबको अर्को विश्वकपका लागि धेरै वर्ष बाँकी छ, मलाई लाग्दैन म त्यतिबेलासम्म खेल्न सक्छु।”

त्यसको अर्को वर्ष युरोप छाडेर अमेरिकी क्लब इन्टर मियामी जाँदा मेसीको खेल जीवन अब अन्त्यतिर लागेको अनुमान गरिएको थियो। गत वर्षको फिफा क्लब विश्वकप खेल्दासम्म पनि उनी यस पटकको विश्वकपमा देखिनेछन् वा छैनन् भन्ने निश्चित थिएन।

उनी अहिले मैदानमा छन् र उनको खेल रणनीति बदलिए पनि उनलाई रोक्न असम्भव देखिएको छ। जारी प्रतियोगितामा उनले मैदानमा तय गरेको कुल दूरीमध्ये ४७ प्रतिशत दूरी हिँडेरै पार गरेका छन्, जुन कुनै पनि आउटफिल्ड खेलाडीको तुलनामा सबैभन्दा बढी प्रतिशत हो।

मेसीको जीवनी लेख्ने स्पेनिस पत्रकार गुइलेम बालागेका अनुसार मेसीले रणनीतिक रूपमा आफूलाई कम्तीमा पाँच पटक परिवर्तन गरिसकेका छन्। मेसीले इन्टर मियामी र अर्जेन्टिनाका लागि लगातार १३ खेलमा गोल वा असिस्ट गरेका छन्।

यदि आइतबार स्पेनविरुद्ध हुने फाइनल खेलमा पनि उनले गोल वा असिस्ट गरेमा सन् २०११ मा बनाएको लगातार १४ खेलको कीर्तिमानको बराबरी हुनेछ। यसका साथै ब्राजिलका काफुपछि तीन वटा विश्वकप फाइनल खेल्ने उनी दोस्रो खेलाडी बन्नेछन्।

के यो नै उनको अन्तिम विश्वकप खेल होला त ? सन् २०३० को विश्वकप आइपुग्दा उनी ४३ वर्षका हुनेछन्। तर, आठ पटकका ब्यालोन डी’ओर विजेता मेसीका हकमा अहिल्यै कुनै पनि अनुमान लगाउनु हतारो हुनेछ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ११ : ४६ बजे

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको