प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु « Khabarhub

प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ । 

त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएसँगै रुख कटानको काम सुरु गरिएको हो । आयोजनाले गत वैशाख २६ गते रुख कटानको अनुमति प्राप्त गरेको थियो ।

डिभिजन वन कार्यालय चितवनसँग गरिएको सम्झौताअनुसार रुख कटान, काठ सङ्कलन तथा सुरक्षित भण्डारण सम्बन्धी कार्य भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । 

रुख कटान तथा सुरक्षित भण्डारणसम्बन्धी अभिमुखीकरणपछि सामुदायिक वन उपभोक्ता समूहले रुख कटान तथा काठ सङ्कलन सुरु गरेको हो । 

उनले भने, ‘तोकिएका स्वास्थ्य, सुरक्षा तथा वातावरणसम्बन्धी मापदण्डको पूर्णपालना गर्दै सञ्चालन गरिएको छ । कटान गरिएका काठको सङ्कलन, सुरक्षित भण्डारण तथा व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहलाई तारबार एवं सिसिटिभी जडानका लागि आर्थिक सहयोग गरेको छ ।’

भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वन, भरतपुर महानगरपालिका–२९ को अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ वटा रुख कटान गरिने जाकारी दिइएको छ । प्रसारण लाइन मार्गअन्तर्गत तनहुँमा रुखमा छाप चिह्न लगाउने कार्य भइरहेको जनाइएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कूल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न नौ १२७ वटा रुख हटाउन स्वीकृति प्रदान गरिएको थियो । 

प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेड भारतले काम गरिरहेको छ । ३५ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ८२ वटा टावरको जग हाल्ने र ७२ वटा टावर जडान कार्य सम्पन्न भएको छ । त्यस प्याकेजको समग्र प्रगति ८१ प्रतिशत रहेको जनाइएको छ । 
 

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १२ : ५० बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका

ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ ।