समकक्षता निर्धारणको काम अनुदान आयोगबाट « Khabarhub

समकक्षता निर्धारणको काम अनुदान आयोगबाट


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम भएको छ ।

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकामा २०८३ साल साउन १ गते आयोगले सो गर्ने भएको हो । 

त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२’ को दफा २८ बमोजिम विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ मा संशोधन भएकाले विसं २०८३ को साउन १ गतेदेखि उक्त कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो ।  

उक्त कानुनमा भएको नयाँ संशोधन र व्यवस्थासँगै अब उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगमा सरेको हो ।

यो नयाँ कानुनी व्यवस्था कार्यान्वयन हुने भएपछि त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अबदेखि समकक्षताका लागि नयाँ आवेदन लिने कार्य बन्द गरिएको पनि सूचित गरेको छ । 

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  १ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको