प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रूख कटान सुरु « Khabarhub

प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रूख कटान सुरु


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लातर्फ रुख कटान सुरु गरिएको छ । 

त्यहाँको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रूख कटानको अनुमति प्राप्त भएसँगै रूख कटानको काम सुरु गरिएको हो । आयोजनाले गत वैशाख २६ गते रूख कटानको अनुमति प्राप्त गरेको थियो ।

डिभिजन वन कार्यालय चितवनसँग गरिएको सम्झौताअनुसार रुख कटान, काठ संकलन तथा सुरक्षित भण्डारण सम्बन्धी कार्य भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । रूख कटान तथा सुरक्षित भण्डारणसम्बन्धी अभिमुखीकरणपछि सामुदायिक वन उपभोक्ता समूहले रुख कटान तथा काठ संकलन सुरु गरेको हो । 

उनले भने, ‘तोकिएका स्वास्थ्य, सुरक्षा तथा वातावरणसम्बन्धी मापदण्डको पूर्णपालना गर्दै सञ्चालन गरिएको छ । कटान गरिएका काठको संकलन, सुरक्षित भण्डारण तथा व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहलाई तारबार एवं सिसिटिभी जडानका लागि आर्थिक सहयोग गरेको छ ।’

भरतपुर महानगरपालिका–१ स्थित सतनचुली सामुदायिक वन, भरतपुर महानगरपालिका–२९ को अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ वटा रूख कटान गरिने जानकारी दिइएको छ । प्रसारण लाइन मार्गअन्तर्गत तनहुँमा रुखमा छाप चिह्न लगाउने कार्य भइरहेको जनाइएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लामा पर्ने कूल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न नौ १२७ वटा रूख हटाउन स्वीकृति प्रदान गरिएको थियो । 

प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माण केइसी इन्टरनेशनल लिमिटेड भारतले काम गरिरहेको छ । ३५ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ८२ वटा टावरको जग हाल्ने र ७२ वटा टावर जडान कार्य सम्पन्न भएको छ । त्यस प्याकेजको समग्र प्रगति ८१ प्रतिशत रहेको जनाइएको छ । 

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १२ : ४८ बजे

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन