तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड « Khabarhub

तीन वर्षपछि दक्षिण कोरियाले बढायो ब्याजदर, मुद्रास्फीति नियन्त्रणमा जोड


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक नीतिगत ब्याजदर बढाएको छ। जिद्दी मुद्रास्फीति, बलियो आर्थिक वृद्धि र बढ्दो घरेलु ऋणलाई मध्यनजर गर्दै बैंकले बिहीबार ब्याजदर २५ आधार अंकले वृद्धि गरेको हो।

बैङ्क अफ कोरिया (बिओके) को मौद्रिक नीति बोर्डको बैठकपछि नीतिगत ब्याजदर २.५० प्रतिशतबाट बढाएर २.७५ प्रतिशत पुर्‍याइएको छ।

बिओकेले गत मे महिनादेखि नै कडा मौद्रिक नीतितर्फ झुकाव देखाउँदै आएको थियो। निरन्तर उच्च मुद्रास्फीति, सेमिकन्डक्टर निर्यातमा आएको सुधार, घरजग्गाको मूल्यमा वृद्धि र घरेलु ऋण विस्तारले ब्याजदर बढाउने निर्णयलाई थप बल पुर्‍याएको जनाइएको छ।

दक्षिण कोरियाको अर्थतन्त्र चालु वर्षको पहिलो त्रैमासिकमा करिब छ वर्षयताकै तीव्र गतिमा विस्तार भएको छ। बिओकेका गभर्नर शिन ह्युन–सङले मुद्रास्फीति अपेक्षाभन्दा लामो समयसम्म केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहने सम्भावना रहेको बताएका छन्।

उच्च ऊर्जा लागत र मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा परेको अवरोधले मूल्यवृद्धिमा थप दबाब सिर्जना गरेको छ। गत जुनमा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले बढेको जनाइएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १ : ०४ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष