स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी « Khabarhub

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको छ ।

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२- ८३ को असार मसान्तसम्म विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई कुल २ अर्ब ७ करोड ३७ लाख ९९ हजार ९६३ रुपैयाँ भुक्तानी गरिएको हो ।

सबैभन्दा बढी भुक्तानी चितवनस्थित भरतपुर अस्पतालले प्राप्त गरेको छ। उक्त अस्पतालले ८ करोड २१ लाख ५४ हजार ८८५ रुपैयाँ पाएको छ । 

त्यस्तै मोरङको नोबेल मेडिकल कलेजले ६ करोड २१ लाख ३१ हजार १९२ रुपैयाँ, काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ४ करोड ६६ लाख ८ हजार १९१ रुपैयाँ, सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४ करोड ५८ लाख ३० हजार ७४५ रुपैयाँ तथा काठमाडौंको वीर अस्पतालले ४ करोड ४३ लाख ७६ हजार ९३३ रुपैयाँ भुक्तानी प्राप्त गरेका छन् ।

यस्तै रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालले ४ करोड २६ लाख ७३ हजार ५५९ रुपैयाँ, कास्कीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ४ करोड ७९ लाख ४ हजार ७६४ रुपैयाँ तथा काभ्रेको धुलिखेल अस्पतालले ४ करोड ९७ लाख ३१ हजार १७ रुपैयाँ प्राप्त गरेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमीत नागरिकलाई सेवा उपलब्ध गराएबापत अस्पतालहरूलाई दाबी रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार अस्पतालहरूले पेश गरेको दाबी परीक्षण तथा प्रमाणीकरणपछि रकम निकासा गरिएको हो ।

बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समयमै दाबी भुक्तानी आवश्यक रहे पनि अस्पतालहरूले विगतदेखि भुक्तानी ढिलाइको समस्या उठाउँदै आएका छन् । 

पछिल्लो भुक्तानीले केही राहत पुगे पनि दीर्घकालीन रूपमा दाबी व्यवस्थापन र भुक्तानी प्रक्रियालाई थप व्यवस्थित बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  १ : १४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको