मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र « Khabarhub

मध्यपूर्वको पूर्वाधार ध्वस्त पार्ने इरानको चेतावनी, अमेरिकी सैन्य कारबाही पनि तीव्र


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा इरानले मध्यपूर्वका रणनीतिक पूर्वाधारहरू ध्वस्त पार्ने चेतावनी दिएको छ।

इरानको खातम अल-अम्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता ब्रिगेडियर जनरल इब्राहिम जोल्फाघरीले अमेरिका र इरानको पूर्वाधारमाथि आक्रमण गरे मध्यपूर्वभरिका महत्वपूर्ण रणनीतिक संरचनालाई निशाना बनाइने चेतावनी दिएका हुन्।

सरकारी सञ्चारमाध्यममार्फत जारी वक्तव्यमा जोल्फाघरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो धम्की कार्यान्वयन गरे इरानी सशस्त्र बलले यस्तो जवाफी कारबाही गर्ने दाबी गरे, जसले मध्यपूर्वका रणनीतिक पूर्वाधारको नामोनिसान मेटिनेछ।

उत्तरी इरानमा एक साताभित्र दोस्रो अमेरिकी आक्रमण

यसैबीच, अमेरिकाले उत्तरी इरानको सेमनान सहरमा एक साताभित्र दोस्रो पटक आक्रमण गरेको इरानी अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार आक्रमणमा सेमनानको नागरिक विमानस्थलको मुख्य भवन र एउटा भण्डारण (स्टोरेज) सुविधा लक्षित गरिएको थियो।

आक्रमणबाट विमानस्थलमा सामान्य क्षति पुगेको जनाइएको छ। स्टोरेज सुविधामा के राखिएको थियो भन्ने खुलाइएको छैन भने घटनामा मानवीय क्षति भएको वा नभएकोबारे पनि तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन।

इरानतर्फ गइरहेको ट्यांकरमा अमेरिकी मिसाइल प्रहार

अमेरिकी सेनाले इरानको बन्दरगाहतर्फ गइरहेको कुराकाओको झण्डा बोकेको एम/टी बेल्मा नामक तेल ट्यांकरलाई मिसाइल प्रहार गरी रोकेको दाबी गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार जहाजलाई पटकपटक चेतावनी दिँदा पनि मार्ग परिवर्तन नगरेपछि अमेरिकी युद्धविमानले जहाजको स्मोकस्ट्याकमा मिसाइल प्रहार गरी निष्क्रिय बनाएको थियो।

सेन्टकमले यो कारबाही इरानविरुद्ध लागू गरिएको अमेरिकी नौसैनिक नाकाबन्दीअन्तर्गत गरिएको जनाएको छ।

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण

इरानी सेनाले ‘अपरेशन थन्डरबोल्ट’को दशौँ चरणअन्तर्गत कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको दाबी गरेको छ।

इरानी सेनाका अनुसार कुवेतस्थित अली अल-सलेम एयर बेसमा रहेको राडार प्रणाली, प्याट्रियट एयर डिफेन्स सिस्टम तथा इन्धन भण्डारण केन्द्रलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो।

यद्यपि, यी दाबीबारे अमेरिकी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १ : ३७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।