पदत्यागअघि युक्रेन पुगे स्टारमर, युक्रेनप्रति बेलायतको समर्थन कायम रहने सन्देश « Khabarhub

पदत्यागअघि युक्रेन पुगे स्टारमर, युक्रेनप्रति बेलायतको समर्थन कायम रहने सन्देश


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ- प्रधानमन्त्री पदबाट सोमबार औपचारिक रूपमा बाहिरिनुअघि बेलायती प्रधानमन्त्री किअर स्टार्मर अन्तिम विदेश भ्रमणका रूपमा बिहीबार युक्रेन पुगेका छन्।

राजधानी किएभमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेनको सुरक्षा, द्विपक्षीय सहयोग र दीर्घकालीन साझेदारीका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बेलायती सरकारले जनाएको छ। साथै, बेलायतमा नेतृत्व परिवर्तन भए पनि युक्रेनप्रतिको समर्थन र प्रतिबद्धतामा कुनै कमी नआउने सन्देश दिने अपेक्षा गरिएको छ।

स्टारमरले आफ्नो कार्यालयमार्फत जारी सन्देशमा युक्रेनप्रति बेलायतको समर्थन अटल रहने बताए। उनले रुसको आक्रमणविरुद्ध संघर्षरत युक्रेनलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

स्टारमरको स्थानमा एन्डी बर्नहम प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनी शुक्रबार सत्तारूढ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्ससँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त हुने कार्यक्रम रहेको छ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता बर्नह्याम बेलायतका पाँचौँ प्रधानमन्त्री बन्न लागेका हुन् ।

घरेलु नीतिमा पटक–पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलभित्र समर्थन कमजोर बन्दै गएपछि स्टारमरले गत जुन २२ मा पदबाट हट्ने घोषणा गरेका थिए । यद्यपि, युक्रेनप्रतिको दृढ समर्थन र नाटोप्रतिको प्रतिबद्धताका कारण उहाँले अन्तर्राष्ट्रिय समुदायबाट उल्लेखनीय समर्थन प्राप्त गरेका थिए।

स्टारमरले फ्रान्सका राष्ट्रपति  इम्यानुएल म्याक्रोनसँग मिलेर सम्भावित शान्ति सम्झौतापछि युक्रेनको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय शान्ति सेना गठन गर्ने पहलमा पनि नेतृत्वदायी भूमिका खेल्दै आएका छन्।

यसैबीच, बेलायतले युक्रेनका लागि युरोपेली सङ्घ (ईयू) ले घोषणा गरेको ९० अर्ब युरो (करिब १०३ अर्ब अमेरिकी डलर) बराबरको सहायता ऋण कार्यक्रममा पनि सहभागिता जनाएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १ : ५३ बजे

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई

सम्पत्ति विवरण संकलन र छानबिन स्थगित

काठमाडौं– सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी सम्पूर्ण

एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण

चितवन–  चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक

अमेरिका–इरान वार्ता पुनः सुरु गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद- अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले