अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह « Khabarhub

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न तथा व्यापार सहुलियतलाई निरन्तरता दिन अमेरिकासँग आग्रह गरेकी छन् ।

आज मन्त्रालयमा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँग भएको शिष्टाचार भेटमा मन्त्री यादवले सन् २०१५ देखि लागू भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भएकाले उक्त सुविधालाई पुनः निरन्तरता दिन आग्रह गरेकी हुन्।

उनले नेपाल र अमेरिकाबीच भएको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ (टिफा) अन्तर्गतको संयन्त्रलाई नियमित संवादमार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी विस्तार गर्नुपर्नेमा जोड दिइन्।

भेटका क्रममा मन्त्री यादवले सरकारले नीतिगत तथा कानुनी सुधारमार्फत लगानीमैत्री वातावरण सुदृढ बनाएको उल्लेख गर्दै थप अमेरिकी लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताइन्।

उनले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्रका क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरिन्।

मन्त्री यादवको सचिवालयका अनुसार भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले व्यापार सहुलियतको निरन्तरता र नेपालमा लगानी प्रवर्द्धनका विषयमा अमेरिका सकारात्मक रहेको धारणा व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  २ : ४३ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका