वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ « Khabarhub

वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ इमाडोल बस्दै आएका र रूकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थायी घर भएका ४७ वर्षीय रामचन्द्र खड्का तथा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–पासीकोट बस्दै आएका र रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–८ स्थायी घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।

प्रहरीका अनुसार वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति जारी भएपछि फरार रहेका खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो।

त्यसैगरी, वैदेशिक रोजगारसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ललाई प्रहरीले बूढानीलकण्ठबाट नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका खड्कालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने मल्ललाई थप कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  २ : ५३ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव