सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना « Khabarhub

सुनिल पौडेललाई साढे आठ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ ।

अदालतले भ्रष्टाचार (गैरकानुनी सम्पत्ति आर्जन) मुद्दामा दोषी ठहर भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई साढे आठ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० जरिवानाको सजाय बिहीबार सुनाएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै पौडेललाई ८ वर्ष कैदका साथै सार्वजनिक पदमा रहेको अवस्थामा कसुर गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिना कैद सजाय हुने फैसला गरेको हो।

उक्त मुद्दामा सहप्रतिवादी दीपक आनन्दलाई पनि ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० जरिवाना हुने अदालतले फैसला गरेको छ।

अदालतका अनुसार प्रतिवादीद्वयले तत्कालीन विनिमय दरअनुसार नेपाली ३ करोड ८ लाख ५० हजार ४०० बराबर हुने २ लाख ८० हजार अमेरिकी डलर घुस लिन–दिन सहमति जनाएको मिसिलमा संलग्न संवादलगायतका प्रमाणबाट पुष्टि भएको छ।

यद्यपि, उक्त घुस रकम बरामद नभएको तथा रकम कहाँ राखिएको वा कुन बैंकमा जम्मा गरिएको भन्ने तथ्य वस्तुनिष्ठ रूपमा स्थापित हुन नसकेको अदालतले उल्लेख गरेको छ।

अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम दुवै प्रतिवादीबाट जनही रु. ६ लाख १७ हजार ८ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश दिएको छ।

विशेष अदालतले पूर्णपाठ तयार हुन समय लाग्ने भएकाले हाल संक्षिप्त फैसला सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ३ : १९ बजे

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशनमा हेरफेर, सेयर कर्जा, सवारी कर्जा र निर्माण व्यवसायीलाई राहत

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी

इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न

विश्वकपमा हारपछि विवादमा बेलिङ्घम, उत्सव मनाइरहेका अर्जेन्टिनी खेलाडीसँग धक्कामुक्का

एटलान्टा- फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ को हार बेहोरेपछि इंग्ल्यान्डका

केही क्षणको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

काठमाडौं– बिहीबार दिउँसोको वर्षाका कारण काठमाडौंका विभिन्न सडक डुबानमा परेको

राष्ट्रपतिसँग फ्रान्सका राजदूतको बिदाइ भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले आज