साउन महिनाका लागि थप घट्यो बैंकमा निक्षेपतर्फको ब्याजदर « Khabarhub

साउन महिनाका लागि थप घट्यो बैंकमा निक्षेपतर्फको ब्याजदर


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार महिनाको तुलनामा साउनमा बैंकहरूको व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले असार महिनाको तुलनामा साउन महिनामा मुद्दती निक्षेपतर्फको ब्याजदरमा थप गिरावट आएको देखिएको हो ।

असार महिनामा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको औसत ब्याजदर ४.२७ प्रतिशत रहेकोमा साउन महिनाका लागि यो घटेर ४.१७ प्रतिशत कायम भएको छ । 

त्यसैगरी, संस्थागततर्फको औसत ब्याजदर ३.१८ प्रतिशतबाट सामान्य घटेर ३.१२ प्रतिशतमा झरेको छ । समग्रमा व्यक्तिगततर्फ ०.०९ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशतले औसत ब्याजदर घटेको देखिन्छ ।

तथ्यांक अनुसार असार महिनाको तुलनामा साउन महिनाका लागि धेरैजसो बैंकहरूले आफ्नो ब्याजदर स्थिर राखेका छन् । साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ६ वटा बैंकले र संस्थागत मुद्दतीतर्फ ५ वटा बैंकले ब्याजदर घटाएका छन् । 

तर, नेपाल बैंकले भने असारको तुलनामा साउन महिनाका लागि संस्थागत ब्याजदरमा १ प्रतिशत बिन्दुको वृद्धि गर्दै ४ प्रतिशत पुर्याएको छ, जुन असारमा ३ प्रतिशत मात्र थियो ।

ग्लोबल आइएमईले व्यक्तिगत ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ४ प्रतिशतमा झारेको छ भने संस्थागत दर पनि शून्य दशमलब २५ प्रतिशत घटाएर २.७५ प्रतिशतमा सीमित गरेको छ ।

साउन महिनाको लागि राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशतले ब्याजदर घटाएको छ । साउनमा यसको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ४ प्रतिशत र संस्थागत ३ प्रतिशत कायम भएको छ।

त्यस्तै, सिटिजन्सले व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलब १५ प्रतिशत घटाएर ३.९५ प्रतिशत र संस्थागततर्फ शून्य दशमलब ५० प्रतिशत घटाएर ३ प्रतिशत ब्याजदर तोकेको छ।

साथै, साउन महिनाका लागि असारको तुलनामा व्यक्तिगत मुद्दतीतर्फ कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ शून्य दशमलब शून्य ६, एनएमबिले शून्य दशमलब २५ र र स्ट्याण्डर्ड चार्टर्डले शून्य दशमलब १० प्रतिशत ब्याजदर घटाएका छन् ।

तर, एभरेष्ट, नेपाल एसबीआई, लक्ष्मी सनराइज, प्राइम, प्रभु, माछापुच्छ्रे, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा, एनआईएमबि र एनआईसी एशियाले साउन महिनाका लागि आफ्नो व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर असारकै बराबर यथावत राखेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ४ : १३ बजे

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

काठमाडौं – विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो

इङ्लिस किपर पिकफोर्डको पानीको बोतलमा के पढिरहेका थिए मेस्सी ?

काठमाडौं- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले एउटा पानीको बोत्तलमा ध्यानपूर्वक पढिरहेको