आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६ अगष्ट १७ तारिख। साउन शुक्ल पक्षको पञ्चमी तिथि । नाग पञ्चमी, सिंह संक्रान्ति र थारु गुरिया पर्व । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिकमा प्रगति हुनेछ। थोरै बोल्दा नै काम बन्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। बोलीका कारण राम्रो काम बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्धमा भने खटपटि देखिन्छ।

मिथुन : आम्दानीका स्रोतहरु भेटिनेछन् । मानसम्मान प्राप्त हुने दिन छ । साथीभाइसँगको भेटले नयाँ योजना तय हुन सक्छ । आज पारिवारिक मेलमिलाप हुनेछ । मन मिल्ने साथीको महत्वपूर्ण साथ मिल्ने छ ।

कर्कट : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा गरेको लगानी अनुसार महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। गुम्न लागेको धन हात लाग्नेछ । आफन्तको साथ मिल्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने देखिन्छ। स्वादेशमा रोजगारीको विकल्प फेला पर्नेछन्। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ।

कन्या : दिन राम्रो छ। विपक्षीको साथ र सहयोग मिल्नेछ। प्रियजनले साथ दिँदा मन खुशी हुनेछ। शिक्षाको क्षेत्रमा नयाँ कामको सुरुवात हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

तुला : दिन सामान्य छ। आफूले थालेका काम अधुरा भएकाले मन उदास हुनेछ। बौद्धिक क्षेत्रका साथीसँगको भेटले नयाँनयाँ योजना बन्नेछन्। परिवारको तनावले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको एकल यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सचेत बनेर अगाडि बढ्नुपर्नेछ।

धनु : दिन सामान्य छ। आज कतै शुभ काममा सहभागी हुने योग छ । गोपनीयता कायम गर्नुपर्ने दिन छ । शिक्षामा समय बिताएमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

मकर : हरेक क्षेत्रमा काम गर्दा आज जोगिएर काम गर्नुपर्ने दिन छ। काममा अवरोध सिर्जना हुनेछ। परिवारमा मनमुटावको जोखिम छ। काम गर्दा तीन पटक सोचेर अगाडि बढ्नु उचित हुनेछ ।

कुम्भ : दिन सामान्य छ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ।

मीन : दिन राम्रो छ। इज्जत बढ्नेछ। अपरिचित व्यक्तिले तपाईंलाई राम्रो सहयोग गर्नेछन्। धन आर्जन हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारभित्र भने मनमुटावको जोखिम छ। कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : २१ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर