९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर « Khabarhub

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट र विभाजनको पक्षमा नभई एकताबद्ध कांग्रेसको पक्षमा रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै महरले कांग्रेसलाई ‘संस्थापन वा विस्थापन’ तथा ‘इतर वा भितर’ जस्ता गुटगत घेराभन्दा माथि उठाएर हेर्नुपर्ने बताएका हुन्।

‘कांग्रेसका अधिकांश नेता–कार्यकर्ताको भावना पार्टी विभाजन होइन, बलियो र एकताबद्ध कांग्रेस निर्माण गर्ने हो। नेतृत्वले उनीहरूको आवाज सुन्नुपर्छ र सम्मान गर्नुपर्छ,’ उनले भने।

महरले व्यक्ति वा गुटको स्वार्थभन्दा माथि उठेर देश, लोकतन्त्र र कांग्रेसको भविष्यलाई केन्द्रमा राख्ने समय आएको बताए।

‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ। त्यसैले आजको आवश्यकता कसले कसलाई जित्यो भन्ने होइन, कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने हो,’ उनले भने।

उनले पार्टीभित्र देखिएका मतभेद र असहमतिलाई संवाद तथा सहमतिमार्फत समाधान गर्दै सबै नेता–कार्यकर्तालाई एउटै उद्देश्यमा जोड्नुपर्नेमा जोड दिए।

कांग्रेसको शक्ति कुनै व्यक्ति वा गुटमा नभई लाखौँ नेता–कार्यकर्ताको एकता, विश्वास र जनतासँगको सम्बन्धमा रहेको उनको भनाइ छ।

‘९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् भने नेतृत्वले त्यो जनभावनालाई आत्मसात् गर्नैपर्छ। अब गुटको घेराभन्दा माथि उठेर देश र कांग्रेसको भविष्यका लागि एक ठाउँमा उभिने बेला हो,’ महरले भने।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : ४८ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका