विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू) « Khabarhub

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)


१ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । 

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान सुरु गरेको हो । 

काठमाडौंको माइतीघरमा हस्ताक्षर अभियान सुरु गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत् र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको भन्दै कर खारेज गर्न माग गरे ।

इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर/लाइन पड्किन्छ भनी जिम्मेवार निकायबाट भ्रम फैलाइएको भन्दै उनले आपत्ति जनाए । 

अध्यक्ष घिसिङले नेपालमा विद्युतीय सवारी व्यापक बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा, ७०–८० प्रतिशतसम्म भन्सार र कर बढाएर पुनः पेट्रोल–डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति लिएको उल्लेख गरे । 

शिक्षा र स्वास्थ्यमा लगाइएको भ्याट हटाएकोमा सरकारलाई धन्यवाद दिँदै उनले राइड सेयरिङ र २०–३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थुपारिएको भन्दै विरोध गरे  ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  २ : ३६ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका