विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति « Khabarhub

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी आचार्यले प्रस्तावित मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) विधेयक २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘वेश्यावृत्ति’ भन्ने शब्द राखिएकामा आपत्ति जनाएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पेश गरेको विधेयकमाथि धारणा राख्दै उनले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘यौनजन्य क्रियाकलाप’ राख्न सुझाइन्।

‘विधेयकमा वेश्यावृत्ति भन्ने शब्द राख्नुभएन, यसलाई हटाउनुपर्यो । ‘वेश्यावृत्ति’ भन्ने शब्द हटाएर ‘यौनजन्य क्रियाकलाप’ भन्ने शब्द राखौँ’, उनले भनिन्।

बेचबिखनमा परेका पीडितलाई पुन:स्थपना भन्नुको साटो पुनः समायोजन भन्दा राम्रो हुने सुझाइन् । अधिकारीले मानव बेचबिखन रोक्न सीमा निगरानीको पक्षमा जोड दिन, पुन:स्थापना कोषको रकम वृद्धि गर्न पनि माग गरिन् ।

अधिकारीले पछिल्लो समय ललाई फकाईमा पारेर नाबालिकाको डिम्प बिक्रीका घटनामा वृद्धि भएको भन्दै राज्य सचेत हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : २४ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले