जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश « Khabarhub

जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।

श्रेष्ठले इजालस कुरा राख्दै आफूलाई पूर्वाग्रह साँध्न झूटो मुद्दा लगाइएको जिकिर गर्दै इजलासमा आफ्नो भनाइ राखेका थिए ।

श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार मध्यराति पक्राउ गरेको थियो ।

यस मुद्दामा सरकारी पक्षबाट चारजना र पत्रकार श्रेष्ठको पक्षबाट १७ जना कानुन व्यवसायीले बहस गरे । सुनुवाइका क्रममा श्रेष्ठका कानुन व्यवसायीहरूले व्यक्तिगत गोपनीयता उल्लंघन भएको भन्दै उजुरी दिने महिलाले नै रास्वपाका एक सांसदसँग चुम्बन गरेको तस्बिर आफ्नो फेसबुक खातामा सार्वजनिक गरेको प्रमाण इजलासमा पेस गरेका थिए ।

आफूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिर सञ्चारमाध्यमले प्रकाशित गर्दा कसरी गोपनीयताको हनन भयो भन्ने प्रश्न श्रेष्ठ पक्षका कानुन व्यवसायीले उठाएका थिए ।

इजलासले पनि यही विषयमा सरकारी वकिलसँग प्रश्न गरेको थियो । जवाफमा सरकारी पक्षले व्यक्तिले आफ्नै फेसबुकमा तस्बिर राखे पनि सञ्चारमाध्यमले त्यसलाई पुनः प्रकाशित गर्न नमिल्ने तर्क गरेको थियो ।

सुनुवाइका क्रममा पत्रकार श्रेष्ठले पनि इजलाससमक्ष आफ्नो भनाइ राखेका थिए । उनले आफूविरुद्ध पूर्वाग्रह राखेर झूटो मुद्दा लगाइएको दाबी गर्दै हिरासतमा लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्तहरूसँगै राखेर मानसिक यातना दिइएको गुनासो गरे ।

‘एउटा कलमजीवी पत्रकारलाई ५५ जना लागुऔषधका अभियुक्तहरूसँगै राखिएको छ । पाँच दिनदेखि राति निदाउन सकेको छैन । परिवारका सदस्य र वकिललाई समेत छुट्टै भेट्न दिइएको छैन,’ श्रेष्ठले इजलासमा भनेका थिए ।

बयान दिने क्रममा श्रेष्ठ पटक–पटक भावुक भएका थिए । उनले आफूले विगतमा सेनाले बेपत्ता बनाउँदासमेत नआत्तिएको र पत्रकारिता गर्नेका क्रममा सधैँ जोखिम मोलेर समाचार लेखेको बताए ।

‘मैले सेना बेपत्ता बनाउँदासमेत आत्तिएनँ । सधैँ समाचार लेख्दा जोखिम मोलेँ । तर यसपटक मसँगै बस्ने आफन्तका बच्चाहरूको आइप्याड, कम्प्युटरसमेत बरामद गरियो । उनीहरूको पढ्ने अधिकार खोसिएको छ । त्यसैले म तनावमा छु,’ श्रेष्ठले भने ।

आफ्नो बयानका क्रममा श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले पनि आफूहरूले भोग्दै आएको अवस्थाबारे इजलाससमक्ष धारणा राखिन् । उनले नयाँ सरकार बनेयता घरअगाडि घण्टौँसम्म मोबाइल चलाएर बस्ने मानिस खटाइएको र प्रहरीको भ्यानसमेत घरबाहिर राखेर मानसिक दबाब दिने काम भएको बताइन् ।

‘पत्रकारिताको कुरा किन मेरो घरमा आउँछ रु मसँग बस्ने आफन्तका बच्चाले गल्ती गरे होलान्, तर मैले के गल्ती गरेँ रु’ भन्दै उनले आफूहरूले न्याय पाउनुपर्ने माग राखिन् । उनले आफ्नो मृतक सासुआमा र आफ्नाबारे नचाहिने कुरा गरिएको, साइबरमा मुद्दा हाल्दासम्म प्रहरीले वास्ता नगरेको बताएकी थिइन् ।

सरस्वतीले आफ्नो भनाइ सकेपछि भावुक श्रीमान्लाई धाप मार्दै ‘किन आत्तिएको ? किन डराएको ?’ भनेर सम्झाइन्।

आरोप के थियो ?

पत्रकार श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार मध्यराति पक्राउ गरेको थियो। उनलाई ललितपुरको नख्खुस्थित घरनजिकैबाट पक्राउ गरिएको थियो।

एक सांसद र महिलासँग सम्बन्धित तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरी त्यस विषयमा समाचार लेखेको भन्दै परेको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेका थिए ।

श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लगाइएको थियो। यही पक्राउविरुद्ध उनकी श्रीमती सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ७ : २४ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय