प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट « Khabarhub

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागूऔषध गाँजा नष्ट गरिएको छ ।

गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब दुई करोड रुपैयाँ मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो । 

जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि चेक जाँच गर्ने क्रममा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाकोबीच भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा उक्त परिमाणमा गाँजा भेटिएको थियो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको वालिङमा रोकेर राखिएको ट्रकमा उक्त गाँजा भेटिए पनि चालकको भने पहिचान खुल्न सकेको छैन ।

चालक फरार रहेकाले गाँजा धनी पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रकाश बुधाथोकीले जानकारी दिएका छन् । उक्त ट्रकका धनीलाई भने प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

गाँजा कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो । 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ११ : २७ बजे

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस