नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष « Khabarhub

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निख्र बीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्री मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–साउदी अरब सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा गर्न सकिने सम्भावित सहयोगका विविध विषयमा गहन छलफल भएको हो।

सो अवसरमा राजदूत म्निख्रले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट नेपालमा पुगेको क्षतिप्रति साउदी सरकारको तर्फबाट ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

भेटमा मन्त्री मेहताले नेपाल र साउदी अरबबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै यसै वर्ष मनाइँदै गरिएको दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीलाई थप अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिइन्। उनले दुई देशको कूटनीतिक सम्बन्धका साथै जनस्तरमा समेत सहकार्य विस्तार गर्नुपर्ने धारणा राखिन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ११ : ४६ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण