सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू) « Khabarhub

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र बिक्री गर्न  लैजान काममा यहाँका किसान व्यस्त छन् ।

पानीबाट निकालेपछि जुट र सन्ठी केलाएर छुट्याइन्छ । जुट सुकाएपछि बिक्री गर्न योग्य हुन्छ भने सन्ठी दाउराको विकल्पको रुपमा सिधै तथा गुइँठा बनाउन प्रयोग गरिन्छ । यसबाहेक घेराबेरा लगाउन पनि प्रयोग हुन्छ ।

नेपालमा जुटको उत्पादन मुख्यतः गर्मी तथा वर्षायाममा हुने गर्छ। जुट खेतीका लागि तातो र आर्द्र हावापानी तथा पर्याप्त वर्षा आवश्यक पर्ने भएकाले यसको खेती प्रायः तराई क्षेत्रमा हुने गरेको छ । सामान्यतया जुट चैत–वैशाखमा रोपिन्छ, जेठ–असारमा यसको वृद्धि तीव्र हुन्छ र साउन–भदौमा कटाइ तथा उत्पादन गरिन्छ ।  

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान रसिद मियाँ यतिबेला जुट केलाउन व्यस्त छन् । ‘जुट काटेर पानीमा १५ दिन डुबाएपछि केलाउन तयार हुन्छ । अहिले पाँच जना मजदुरलाई केलाउन दुई दिन लाग्यो,’ उनले सुनाए । उनले पाँच कट्ठा जमिनमा जुट लगाएका थिए ।

त्यसैगरी, भोक्राहा नरसिंह–२ कै रञ्जीत मेहताले १० कट्ठा, चन्दन मेहताले १४ कट्ठा, जगदिश मेहताले पनि ४ कट्ठा जमिनमा जुट लगाएका छन् । यहाँ ५ देखि १०–१२ कट्ठासम्म जुट लगाउने किसान धेरै छन् ।

नगदे बाली भनेपनि यसमा सोही प्रकारको लगानीसमेत हुने रञ्जित मेहता बताउँछन् । ‘पाँच कट्ठा जमिनमा जुट लगाउँदा ५० हजार त खर्चै हुन्छ । कामदारको समस्या पनि उस्तै छ । महँगो, खानासहित दिनको १२ सय जति पर्न जान्छ,’ उनले सुनाए ।

जुट अहिले स्थानीय बजारमा ४० केजीको ६ हजार रुपियाँले बिक्री भइरहेको किसान बताउँछन् । जुट केलाएको थाहा पाएपछि व्यापारी घरमै लिन आउँछन् ।

सुनसरीमो भोक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, देवानगन्ज गाउँपालिका, दुहवी नगरपालिका र इनरुवा नगरपालिकामा बढी जुट खेती हुने कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

केन्द्रका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार गत वर्ष सुनसरीमा १ हजार ३०८ हेक्टर जमिनमा जुट खेती गरिएकोमा २ हजार १० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष पनि किसानले १ हजार ३३४ हेक्टर जमिनमा लगाएका थिए । यस वर्ष २ हजार ८१ मेट्रिक टन उत्पादन भएको छ ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरीको उत्पादनले मात्र सुनसरी र मोरङका जुट उद्योगका लागि कच्चापदार्थ पुगिरहेको अवस्था छैन । बंगलादेश र भारतबाट जुट आयात गरिरहनु परेको जुट उद्योगीहरु बताउँछन् ।

केही वर्ष पहिलेभन्दा अहिले किसानले जुटको मूल्य राम्रो पाइरहेका छन् । यसैक्रमले जुटको मूल्य बढ्ने हो भने किसानले पनि जुट खेतीको क्षेत्रफल बढाउँदै लैजाने र उत्पादन पनि बढ्न जाने श्रेष्ठको भनाइ छ । एक/दुई वर्षमा जुट खेती अझ विस्तार हुँदै जाने हो भने देश जुटमा आत्मनिर्भर हुन धेरै वर्ष नलाग्ने उनले बताए । 

तस्बिर : नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  १२ : ३३ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष