दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर « Khabarhub

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का दुवैतर्फको महाधिवेशनमा सहभागी नहुने अडानमा बसेका छन्।

कांग्रेस कोइराला पक्षका नेता केदार कार्की र सभापति गगन थापानिकट नेताहरूले दिएको जानकारी अनुसार उनीहरू कुनै पनि महाधिवेशनमा सहभागी नभई बीचमा बस्ने परिस्थितिमा पुगेका हुन् ।

कोइरालाले त आफू दुवै महाधिवेशनमा सहभागी नहुने खबरहबलाई जानकारी दिएका छन्। ‘म कुनै महाधिवेशन र बैठकमा सहभागी हुन्न। बीचमा बसेर पार्टी मिलाउन लागिरहेको छु। सकेसम्म मिहिनेत गर्छु, कहिलेसम्म सक्छु’, कोइरालाले भने, ‘म कांग्रेसको इमान्दार कार्यकर्ता हो, यता-उता लाग्दिनँ, बीचमा बसेर पार्टी मिलाउन भूमिका खेलिरहन्छु।’

कांग्रेस शीर्ष नेताका अनुसारर खड्का पनि अहिले सभापति थापासँग नजिकिएका छन्। उनी तत्कालै सहकार्य गरेर एक हुने अवस्थामा नरहे पनि आफ्ना साथीहरूलाई सानेपा पठाएर बीचमा बस्ने अडानमा रहेको ती पदाधिकारीको भनाइ छ ।

‘पूर्ण दाइको भनाइ कांग्रेस एक बनाएर जाऊँ भन्ने हो, हामी निरन्तर संवादमा छौँ। उहाँ कसरी एक बनाएर जाउँ भन्ने हिसाबले अगाडि हुनुहुन्छ । उतातर्फका धेरै साथीहरू यता जोडिइरहनुभएको छ संवाद जारी छ’, कांग्रेस महामन्त्री गुरू घिमिरेले भने, ‘हामीले शेरबहादुर देउवा दाइ लगायत नेताहरूलाई पनि यता आउनुस् भनेर आह्वान गरिरहेकै छौं। तर उहाँहरू हाम्रो कुरा सुन्ने भन्दा अरू नेता भड्काउने दिशातिर लाग्नुभयो ।’

यसैबीच बिहीबार सानेपामा केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा ज्ञानेन्द्रबहादुर कार्की, राजीवविक्रम शाह र रामहरि खतिवडासहितका नेताहरू मिसिएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : १८ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको