सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’ « Khabarhub

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका विश्वकर्माले सञ्चारकर्मीसँग कुरा गर्दै देउवा कांग्रेसको ‘सर्वोच्च नेता’ भएको बताएका छन्।

विश्वकर्माले पार्टीभित्र आफूहरूले राखेका केही माग पूरा भइसकेको र बाँकी माग पनि प्रक्रियामा रहेको बताए। उनले सभापति गगन थापाले आफूहरूको माग क्रमशः सम्बोधन गर्दै गएको दाबी गरे।

देउवालाई छाडेर गगन थापाको पक्षमा आएको भन्ने पत्रकारहरूको प्रश्नमा विश्वकर्माले देउवाको नेतृत्वप्रतिको सम्मान कायम रहेको संकेत गर्दै अन्य नेताहरूलाई पनि क्रमशः समेट्दै जाने बताए।

‘शेरबहादुरजी सर्वोच्च नेता हो। अरू पनि चाँडै आउनुहुन्छ,’ उनले भने। विश्वकर्माले आफूहरूले राखेका सर्तमध्ये केही पूरा भइसकेका बताएका छन् । उनले केही कार्यान्वयनको प्रक्रियामा रहेका बताएका छन्। ‘हामीले राखेका सर्तहरू केही पूरा हुँदैछन्, केही प्रक्रियामा छन्,’ उनले भने।

कांग्रेसभित्र पछिल्लो समय नेतृत्व र शक्ति समीकरणलाई लिएर विभिन्न तहमा छलफल भइरहेका बेला विश्वकर्माको यो भनाइ आएको हो।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ३ : ०५ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको