गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ « Khabarhub

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले राखेको आठबुँदे प्रस्ताव आफूहरूले पालना गरेको दाबी गरेका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आठबुँदे प्रस्तावमाथि विचार र छलफल गरेर त्यसअनुसार अघि बढेको बताएका हुन्।

थापाले कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनबाट आएको नेतृत्वमा पनि केन्द्रीय सदस्य रहने स्पष्ट पारे।

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू विशेष महाधिवेशनपछि पनि केन्द्रीय सदस्य रहने वा नरहने विषयमा केही समय आफूहरूको फरक मत रहे पनि अहिले उनीहरू विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्य भइसकेको थापाले स्वीकार गरेका छन्।

यसैबीच, बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा देउबा पक्षका नेताहरूको पनि उल्लेख्य सहभागिता रहेको छ। बैठकमा मीन विश्वकर्मा, डिना उपाध्याय, ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडालगायतका नेताहरू सहभागी भएका छन्।

नेता मीन विश्वकर्माले बेलुकासम्म देउवा पक्षका करिब ९० प्रतिशत नेताहरू ‘कांग्रेस एक बनाउने’ अभियानका साथ मूल कांग्रेसमा आउने दाबी गरेका छन्।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ३ : ४१ बजे

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको