सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’ « Khabarhub

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर फर्किएको बताएका छन् । सभापति गगन थापाको निम्तो स्वीकार्दै सानेपा पुगेका भण्डारीले कहिलेकाहीँ पार्टीमा मनमुटाव भएपनि आफ्नै घर फर्किएको टिप्पणी गरे । सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले पूर्वसभापति शेरबहादुर देउवा पनि चाँडै एक ठाउँमा आउने दाबी गरे ।

‘जन्मँदा यही घर थियो । चिह्न, झन्डा यही थियो । यो घरभित्र को कहिले आउँछ जान्छ । पार्टी हो’ भण्डारीले भने, ‘कहिलेकाहीँ मनमुटाव हुन्छ, लोभ हुन्छ । त्यसकारण पुरानो होइन, आफ्नै घरभित्र आएको हो ।’ भण्डारीले सञ्चारकर्मीसँग देउवा पनि सानेपा आउने दाबी गरे । उनले भने, ‘आउनुहुन्छ नि, कहाँ जानुहुन्छ ? यो उमेरमा उहाँलाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ? आउनुहुन्छ ।’

देउवा पक्षकै नेता मीन विश्वकर्माले पनि करिब ९० प्रतिशत कांग्रेसका देउवा पक्ष नेताहरू तीन गतेबाट सुरु हुन लागेको महाधिवेशनमा सरिक हुने जानकारी गराएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले जारी छ ।

आजको बैठकमा १४औं महाधिवेशनमा निर्वाचित भएका केन्द्रीय सदस्य र कार्यसमितिलाई समेत निम्ता गरिएको थियो । त्यसै अनुरूप धेरै जना नेताहरू गगनको निम्तो स्वीकार्दै बैठकमा सरिक भएका छन् । विभाजनको डिलमा पुगेको नेपाली कांग्रेस एक हुने प्रक्रियामा रहेको धेरैजना नेताहरूले आकलन गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ४ : ५७ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि