काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं बस्ने ४९ वर्षीय रिता गौतम र सोही स्थानमा बस्ने ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् । पक्राउ परेका दुवैले पीडितबाट १२-१२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए
पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान गरी जिल्ला काठमाडौं टेकुबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया