हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित « Khabarhub

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । लाल सागरको तट हुँदै रणनीतिक समुद्री मार्गतर्फ हुथीहरू अघि बढेपछि सर्वसाधारणले घर छाडेर सुरक्षित स्थानतर्फ पलायन हुनुपरेको हो ।

चार महिनाकी गर्भवती इशराक अब्देल जलिल र उनका श्रीमान् मोहम्मद थाबेट पनि विस्थापित हुनेमध्येका हुन्। हुथी लडाकु नजिकिँदै गएपछि उनीहरूले पाँच किलोमिटर पैदल यात्रा गरेपछि पहाडी बाटो हुँदै करिब ६० किलोमिटर सवारी साधनमा यात्रा गरी दक्षिणपश्चिमी सहर ताइज पुगेका थिए ।

थाबेटका अनुसार पछिल्लो लडाइँ सन् २०१७ को द्वन्द्वभन्दा पनि भीषण थियो । ‘घर नजिकै गोलाबारी भइरहेको थियो र विस्फोटका छर्रा उडिरहेका थिए,’ उनले भने।

ताइज पुगेपछि चिकित्सकले गर्भमा रहेको बच्चा तल सरेको जानकारी दिएपछि अब्देल जलिल थप चिन्तित छन्। यसअघि पनि सोही अवधिमा उहाँको गर्भपतन भएको थियो । अहिले उनीहरू विस्तारित परिवारसँग एउटै घरमा बसिरहेका छन् र दिनमा दुई पटक मात्र खाना खान सक्ने अवस्थामा छन् ।

थाबेटकी बहिनीले एक महिनाभन्दा बढी समयदेखि मधुमेहको औषधि किन्न नसकेको उनले बताए। उनकी बहिनी र दुई छोरीमा रक्तअल्पताको जोखिम बढाउने रक्तसम्बन्धी समस्या रहेको पनि उनले बताए।
    
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला हेर्ने निकायका अनुसार पछिल्लो लडाइँमा आठ सर्वसाधारणको मृत्यु भएको र ३२ जना घाइते भएका छन् । युनिसेफका अनुसार विस्थापितमध्ये ५७ हजारभन्दा बढी बालबालिका छन् ।

“यो यमनले विगत केही वर्षमा देखेको सबैभन्दा तीव्र र अस्थिर विस्थापनको लहरमध्ये एक हो,” यमनका लागि युनिसेफ प्रतिनिधि ओबिया अचिएङले भने। उनका अनुसार परिवार प्रायःरातको समयमा अत्यन्तै कम वा कुनै पूर्वसूचनाबिना घर छाड्न बाध्य भएका छन् ।

यमनमा सन् २०१४ मा हुथीहरूले राजधानी साना र उत्तरी भू–भागको ठूलो हिस्सा नियन्त्रणमा लिएपछि गृहयुद्ध सुरु भएको थियो । त्यसको अर्को वर्ष साउदी अरबले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो । सन् २०२२ को युद्धविरामपछि लडाइँ केही हदसम्म रोकिएको भए पनि पछिल्लो समय पुनः चर्किएको हो ।
    
संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्लो द्वन्द्व सुरु हुनुअघि नै करिब ५० लाख यमनी गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए । सहायता संस्थाले विस्थापितलाई खाद्य सामग्री, खानेपानी, सरसफाइका सामग्री, स्वास्थ्य सेवा र अस्थायी आवासको तत्काल आवश्यकता रहेको बताएका छन् । 

केही विस्थापित १६ घण्टाभन्दा बढी पैदल हिँडेर ताइज पुगेको र कतिपय बालबालिकामा कुपोषणका लक्षण देखिएको सहायता संस्थाले जनाएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  ६ : ३० बजे

सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

अनुशासित रूपमा २४ सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन गृहको परिपत्र

काठमाडौँ – गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत रूपमा खेलिने देउसी–भैलो

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी

पर्वतीय क्षेत्रको उत्थानशीलताका लागि जलवायु वित्त बढाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि

चितवनलाई १० रनले हराउँदै काठमाडौँ एनपीएलको शीर्ष स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा