कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि « Khabarhub

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली शनिबार हुने भएको छ ।

बडादसैँको फूलपातीका अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ ।

महाधिवेशनको सभापति पदको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भएपछि निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो ।

शपथग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

नवनिर्वाचित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ भने दसैँपछि मात्र गरिने कांग्रेसले जनाएको छ । संशोधित विधानअनुसार १५औँ महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ८ : २७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,