दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ « Khabarhub

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिइरहेको बताएका छन् ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गर्दै उनले आर्थिक कारणले दसैँ कसैका लागि बोझ बन्न नहुनेमा सरकार सचेत रहेको उल्लेख गरेका छन् ।

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने पर्वका रूपमा दसैँ स्थापित रहेको बताउँदै उनले यस अवसरमा पारिवारिक आत्मीयता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

अघिल्ला वर्षहरूमा विनाशकारी भूकम्प, महामारी र राजनीतिक तनावका बीच पनि नेपालीहरूले आफ्नो परम्परा जोगाएको स्मरण गर्दै प्रधानमन्त्री शाहले यस वर्ष रसुवा, नुवाकोट र गोरखा लगायतका क्षेत्रमा भएका प्रलयकारी विनाशको शोकबीच दसैँ आएको बताएका छन् ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रभावित तथा विस्थापित नागरिकहरूको पुनःस्थापनाका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको जानकारी दिएका छन् ।

रोजगारीका लागि बाध्यतावश वैदेशिक रोजगारीमा जानुपर्ने र चाडपर्वमा समेत घर फर्कन नपाउने लाखौँ नेपालीको नियति बदल्न सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ ।

“रित्तिँदै गएका गाउँघर र परदेशमा रित्तो निधार लिएर बस्नुपर्ने नेपालीहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ,” उनले सन्देशमा भनेका छन्, “सरकार देशको समृद्धि र आम नागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध छ ।”

दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी विजयको प्रतीकका रूपमा लिइने उल्लेख गर्दै प्रधानमन्त्री शाहले मानिसभित्र रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता विकृतिमाथि विजय प्राप्त गर्न माता दुर्गा भवानीले सबैलाई सत्प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ९ : २० बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा