कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार आज बिहान विपरीत दिशाबाट आएको ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव घाइते भएका छन् । उनी अर्को मोटरसाइकलका चालक हुन् । उक्त मोटरसाइकलमा सवार २१ वर्षीय अनिल योगी भने सकुशल रहेका छन् ।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया