सभापति थापाले गरे पदभार ग्रहण « Khabarhub

सभापति थापाले गरे पदभार ग्रहण


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन् । पार्टी मुख्यालय सानेपामा उनले पदभार ग्रहण गरेका हुन् ।

सभापति थापाले महाधिवेशन अन्तर्गतको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई जित–हारको विषयभन्दा पनि जिम्मेवारीको रूपमा लिनुपर्ने उल्लेख गरे । उनले सभापति तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी केवल पद प्राप्त गर्नु मात्र नभई नागरिकहरूको लोकतान्त्रिक अधिकार, आत्मसम्मान, र न्यायको रक्षा भएको उल्लेख गर्नुभयो ।

पार्टीका संस्थापकहरूको मूल मर्म—लोकतन्त्र, मर्यादा, र सामाजिक न्याय—लाई सधैं शिरोधार्य गरिने बताए । उनले पार्टीलाई सानो कोठाबाट निकालेर जनता, किसान, युवा, र मजदुरहरूसँग जोड्दै संस्थागत रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । कांग्रेसलाई समयसापेक्ष, वैचारिक रूपले सबल, र जनसरोकारका मुद्दामा खरो उत्रने पार्टी बनाइने उनले बताए ।

यसअघि आजै उनले पद तथा गोपनियताको शपथ पनि गरेका थिए । राजधानीमा आयोजित १५औँ महाधिवेशनमा श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।

थापाले ६ हजार ५८४ मत पाएका थिए भने खड्कीले ३ सय ७५ मत प्राप्त गरेका थिए ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको सपथ भने दसैँपछि हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ५ : २० बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही