सुदूरपश्चिमले गुमायो चौथो विकेट, डा. ईशान पाण्डे रनआउट « Khabarhub

सुदूरपश्चिमले गुमायो चौथो विकेट, डा. ईशान पाण्डे रनआउट


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा टस हारेर सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा सुदूरपश्चिमले चौथो विकेट गुमाएको छ । खेलको १४ ओभर १ बलमा सुदूरपश्चिमका डा. ईशान पाण्डे रनआउट भए । आउट हुनुअघि उनले ३३ बलमा २७ रन बनाए ।

लुम्बिनी लिगमा शीर्ष स्थान र सुदूरपश्चिम दोस्रो हुँदै क्वालिफायर प्रवेश गरेका हुन् । लिग चरणमा लुम्बिनीले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा पराजित भएको थियो ।

लुम्बिनीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । लिग चरणमा लुम्बिनीले सात खेलबाट ११ अंक जोड्यो ।

यता, सुदूरपश्चिमले भने ५ मा जित हासिल गरेको थियो भने दुई खेलमा पराजित भएको थियो । ७ खेलबाट सुदूरपश्चिमले १० अंक जोड्यो ।

आजका विजेता सीधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशका लागि भोलि हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ६ : १४ बजे

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा

काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न पुगेका समर्थक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र चितवन

द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

बागमती– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित