यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार « Khabarhub

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार चयन गर्न थालेको छ।

नेकपाले नेता डा. भीम रावलको पकड भएको सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि उम्मेदवार चय गरिसकेको छ।

नेकपाले फागुन २१ को चुनावका लागि कैलाली क्षेत्र नम्बर ५ मा प्रेम आले, कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा वीरमान चौधरी र २ मा राजेन्द्र साउदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर १ बारे कुरा मिलिसकेको छैन ।

नेकपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा बीना मगर, क्षेत्र नम्बर २ मा लालबहादुर खड्का र क्षेत्र नम्बर ३ मा मानबहादुर सुनाको नाम तय गरेको छ।

उता नेकपा नेता भीम रावलको गृहजिल्ला अछामस्थित क्षेत्र नम्बर १ बाट उनी आफैं लड्ने भएका छन् । क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारीले टिकट पाएका छन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डढेल्धुराबाट मानसिंह मालले टिकट पाएका छन् । दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार बन्ने पक्का भएको छ। बझाङबाट मीनबहादुर कुँवरले टिकट पाएका छन् ।

बैतडी परमानन्द भट्टलाई उम्मेदवार तय गरेको नेकपाले डोटीमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र बाजुरामा गत कात्तिकमा नेकपा एमाले छाडेका प्रकाशबहादुर शाहलाई टिकट दिएको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : २७ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले