ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट « Khabarhub

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


828
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिया रहेका प्रेम आलेलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट टिकट दिएको छ।

नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर २०७९ मा डोटीबाट कैलाली झरेजस्तै आले पनि झरेका हुन् । २०७९ को चुनावमा डोटीबाट चुनाव जितेका आले यसप पटक कैलाली-५ बाट उम्मेदवार बन्ने पक्का भएको छ ।

नेकपाका एक नेताका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले आलेलाई कैलाली ५ को टिकट दिइसकेका छन् । आले आफैंले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।

२०७९ सालको चुनावमा नेपाली कांग्रेसको पनि सहयोग लिएर आले नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। 

आलेले डोटीबाट संसदीय चुनावमा ह्याट्रिक जित निकालेका थिए ।  संघीय संसद्मा लगातार तेस्रो जत हासिल गर्दा आलेले २७ हजार २ सय १० मत ल्याएका थिए । त्यसबेला एमाले उम्मेदवार गौरीकुमारी वली २३ हजार ४ मतमा समेटिएकी थिइन् ।

नेकपाले फागुन २१ को चुनावका लागि कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा वीरमान चौधरी र २ मा राजेन्द्र साउदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर १ बारे कुरा मिलिसकेको छैन ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : ०८ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट