मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ « Khabarhub

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका रचना रिमाल भोलिपल्ट नेपालगञ्जमा आयोजित प्रादेशिक महोत्सवमा पुगिन्। त्यसलगत्तै आज उनले नुवाकोटको खेलकुद, सांस्कृतिक तथा पर्यटन महोत्सवमा साङ्गीतिक प्रस्तुति दिइन् ।

गत पुस २२ गते बागलुङ महोत्सवमा प्रस्तुति दिएकी रिमाल त्यसयता लगातार व्यस्त छिन् । यसबीचमा उनले गोरखा महोत्सव, चितवनको रत्ननगर महोत्सव, दाङको घोराही महोत्सवलगायत कैयौँ मेला–महोत्सवमा प्रस्तुति दिइसकेकी छन् । यही माघ १० गतेसम्म उहाँको साङ्गीतिक यात्राको तालिका तय भइसकेको छ ।

आइतबार कञ्चनपुरको महेन्द्रनगर, सोमबार कैलालीको टीकापुर महोत्सव, मङ्गलबार पर्साको माघी–ल्होछार मेला, बुधबार गैँडाकोट महोत्सव, बिहीबार बर्दियाको बाँसगढी महोत्सव, शुक्रबार बर्दियाको जयनगर र शनिबार नुवाकोट महोत्सवमा रिमालले प्रस्तुति दिने छन् । माघ महिनाभर देशका विभिन्न ठाउँमा आयोजित मेला–महोत्सवमा आफू व्यस्त रहने उनले बताइन् ।

गायक दुर्गेश थापालाई पनि यतिबेला मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । माघे सङ्क्रान्तिका दिन मोरङको बेलबारी महोत्सवमा साङ्गीतिक प्रस्तुति दिनुभएका थापाले माघ ११ गतेसम्मको कार्यक्रम तय भइसकेको जानकारी दिए ।

यसबीचमा उनी काठमाडौँ, अर्घखाँची, पोखरा, दमौली, सिक्किम, टीकापुर, बाँसगढी, देवचुली हुँदै सुर्खेतसम्मका साङ्गीतिक कार्यक्रममा पुग्दै छन् । “पुस महिना पनि पूरै व्यस्त रहेँ, माघमा पनि धेरै ठाउँबाट माग आइरहेको छ”, थापाले भने, “योबेला देशभर मेला–महोत्सव हुने भएकाले कलाकार व्यस्त रहने समय हो ।”

गत वर्ष पनि यही याममा थापाको व्यस्तता बढेको थियो । त्योबेला सार्वजनिक भएको गीत ‘दुश्मन हेरेको हेरै…’ले चर्चा पाएपछि मेला–महोत्सवमा उनको माग बढेको थियो । गत वर्षको फागुनमा मात्र थापाले ३२ ठाउँमा साङ्गीतिक प्रस्तुति दिएका थिए । कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यवस्तताका कारण समय दिन नभ्याएको उनको भनाइ छ । थापा केही महिनाअघि अमेरिकाको एक महिना लामो साङ्गीतिक यात्रा सकेर फर्किएका थिए ।

देशविदेशको साङ्गीतिक यात्रासँगै नयाँ गीत ‘नाच नाच भाइ नाच…’ दर्शक/स्रोतामाझ ल्याउने तयारीमा थापा छन् । यही माघ १० गते आफ्नो र छोरा दक्षितको जन्मदिन पारेर गीत सार्वजनिक गर्ने उनले जानकारी दिए । “दुश्मन हेरेको हेरै… गीतको सफलताले मलाई पनि थप उचाइ दियो, दर्शक÷स्रोताको साथ र माया पाइरहेको छु”, उनले भने, “यो वर्ष मेरा लागि धेरै महत्वपूर्ण रह्यो, साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न पाएँ ।”

दुई वर्ष चलचित्र निर्देशन र अभिनयमा व्यस्त रहेका गायक तथा अभिनेता प्रकाश सपुत पनि यसपालि साङ्गीतिक मञ्चमा फर्किएका छन्। उनी पनि ‘मेला यात्रा’का क्रममा देशका विभिन्न ठाउँमा पुगिरहेका छन् । माघ लागेपछिका उनको व्यवस्तता पनि उस्तै छ ।

माघे सङ्क्रान्तिको दिनमा अर्घाखाँची महोत्सव र भोलिपल्ट नवलपरासीको देवचुलीमा प्रस्तुति दिए। आज पोखरा महोत्सवमा प्रस्तुति दिएपछि सपुत आइतबार स्याङ्जाको चापाकोट पुग्ने छन् । त्यसपछि कञ्चनपुरको महेन्द्रनगर, बर्दियाको राजापुर, बाँसगढी, कैलालीको टीकापुर, दाङको लालमिटया, सिन्धुलीलगायत जिल्लामा कार्यक्रम तय भइसकेका उनले जानकारी दिए ।

मनोरञ्जन, सेवा र सामाजिक सन्देशसहित एनसेल फाउण्डेशनसँगको सहकार्यमा ‘प्रकाश सपुतः मेला यात्रा–२०८२’ आयोजना गरिएको सपुतले बताए । हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर चल्छ । ठाउँ र पर्व विशेषका ससाना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवबाट आर्थिक गतिविधि चलायमान हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने तथा कलाकारको आर्थिक उपार्जनको स्रोत बन्ने उनको भनाइ छ ।

पछिल्लो समय देशविदेशमा हुने साङ्गीतिक कार्यक्रम र युट्युबबाट कलाकारले कमाइ गर्छन् । कुनै समय थियो चलेका गीतको क्यासेट लाखौँमा बिक्री हुन्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । अहिले जमाना फेरिएको छ । अडियो क्यासेट, सिडी, सिरआरबिटी, हुँदै सङ्गीत व्यवसाय युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । अडियो क्यासेट इतिहास भइसक्यो, सिडीको चलन नगन्य छ । सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ०० बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको