एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने « Khabarhub

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै झापा क्षेत्र नम्बर ५ बाट फागुन २१ गतेको चुनाव लड्ने भएका छन् ।

शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा ओली परम्परागत क्षेत्रबाटै लड्ने गरि टुंगो गरेको हो । यो क्षेत्रमा ओलीले २०४८ सालदेखि जित्दै आएका छन् । उनी २०६४ मा मात्रै यहाँ पराजित भए ।

यस पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ओलीसँग भिड्ने तयारीमा छन् । यहाँ नेकपाबाट युवा नेता रञ्जित तामाङले टिकट पाएका छन् ।

नेपाली कांग्रेसले टुंगो गर्न बाँकी छ। यसअघि ओलीले क्षेत्र फेर्ने चर्चा थियो । तर ओलीले सम्भवतः अन्तिम चुनाव पुरानै क्षेत्रबाट लड्ने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १० : ३५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको