काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव लड्ने भएका छन् । लामो समयदेखि रुपन्देही–२ बाट प्रतिनिधित्व गर्दै आएका पौडेल आगामी प्रतिनिधिसभा निर्वाचन भने पाल्पा–२ बाट लड्ने भएका हुन् ।
पार्टीको शनिबार बसेको सचिवालय बैठकले देशभरका उम्मेदवार टुंग्याउने क्रममा पौडेललाई पाल्पा–२ बाट चुनाव लडाउने निर्णय गरेको हो । उनको नाम रुपन्देही–२ बाट एकल सिफारिस भए पनि पार्टीकाे रणनीतिअनुसार निर्वाचन क्षेत्र परिवर्तन गरिएकाे हाे ।













प्रतिक्रिया