विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा « Khabarhub

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले हराएको हो ।
सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य श्रीलंकाले मात्र दुई विकेटको क्षतिमा १२ बल बाँकी हुँदा १८४ रन बनाएर भेट्टाएको हो ।

यसैगरी, श्रीलंकाले तीन खेलमा लगातार जित निकाल्दै ६ अंक जोडेको छ । दुई खेलमा खेलेको जिम्बाबेले चार अंक जोड्दा तीन खेल खेलिसकेको अस्ट्रेलियाले दुई अंक मात्र बनाएको छ ।

सुपर आठ प्रवेश गर्न समूह ‘बी’बाट अस्ट्रेलियाले अन्तिम खेल जित्नैपर्ने दबाब छ । अस्ट्रेलियाको अघिल्लो चरण सुरक्षित गर्न जिम्बाबेले बाँकी दुई खेल ठुलो अन्तरमा गुमाउनुपर्ने देखिन्छ । यसरी हेर्दा समूह ‘बी’बाट सुपर आठ प्रवेशका लागि जिम्बाबेलाई सजिलो देखिन्छ ।

समूह ‘ए’बाट भारत यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ । भारत एक खेल अगाडि नै सुपर आठ प्रवेश गरेको हो । यो समूहबाट सुपर आठको प्रतिस्पर्धामा अमेरिका र पाकिस्तान छन्।

पाकिस्तानले अन्तिम खेल गुमाएमा अमेरिका सुपर आठ प्रवेश गर्नेछ। नामिबियासँगको खेलमा पाकिस्तान विजयी भए ६ अंक बनाउँदै सुपर आठ प्रवेश गर्नेछ ।

समूह ‘सी’बाट वेस्ट इन्डिज र इंग्ल्यान्ड सुपर आठ प्रवेश गरिसकेका छन् भने समूह ‘डी’बाट दक्षिण अफ्रिका सुपर आठमा प्रवेश गर्दा न्युजिल्यान्ड र अफगानिस्तान अझै सुपर आठको दौडमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ४५ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा