महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा « Khabarhub

महिला एसिया कप : नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनलमा


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा भारत सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार बिहान सम्पन्न खेलमा नेपाललाई ७ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको हो। सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ७९ रनको चुनौती दिएको थियो। थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले
१८ ओभर खेल्दा सबै विकेट गुमाएर ७८ रन बनाएको थियो।

७९ रनको लक्ष्य भारतले सात ओभर ४ बलमा तीन विकेट गुमाएर ८२ रन बनाउँदै भेट्टाएको हो। भारतका लागि दिनेश वृन्दले नटआउट ३९ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याय, अनु कठायत र सीता रानामगरले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाउँदा रुबि पोदार र सम्झना खड्काले समान १२–१२ रन जोडेका थिए।

नेपाललाई सस्तैमा समेट्न भारतका तनुजा कुँवरले चार विकेट लिइन् भने मिन्नु मणिले तीन विकेट हात पारिन्।

पहिलो खेलमा यूएईसँग १८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ३० रनले पराजित भएको थियो। भारतसँगको सात विकेटको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरएको छ।

राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा यूएई रहेका छन्। समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ३८ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा