करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ « Khabarhub

करिब १ हजार १ सय १५ किलो गाँजासहित सुनसरी र पर्साबाट तीन जना पक्राउ


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५ किलोग्राम सहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका-८ बस्ने संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन् । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ वटा पोकामा रहेको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक संदिप कुमारलाई पक्राउ गरेको हो । 

यसैगरी बिएसि ३२३६ नम्बरको गाडीबाट २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा फेला पारी चालक नगेन्द्र राजलाई पक्राउ गरेको हो ।

पर्साको पकाहा मैनपुर गाउँपालिका-२ कट्टी बालुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ६० किलोग्राम सहित काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२ च ५४३२ नम्बरको कारमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १ : ०७ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर